काठमाडौं,माघ १४- आज बिहान बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर ५९ मिनेटमा ४ं२ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ ।
भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिएका छन् ।
उनले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपु¥याएको बताए । एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन् ।
FACEBOOK COMMENTS