काठमाडौं– बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया)को पहिलो संशोधन २०७६मा सञ्चालक हुनको लागि स्नातक पास गरेको हुनुपर्ने प्रावधान रहेको छ ।
हालको बाफियामा सञ्चालक हुनको लािग अनुभवलाई पनि प्राथमिकता दिइएको थियो। अब भने कम्तिमा स्नातक गरेको ब्यक्ति मात्र सञ्चालक हुन पाउने भएको हो।
सञ्चालक समिति सदस्यका लागि उमेर हद पनि तोकिएको छ। अब ६५ बर्षसम्म मात्र सञ्चालक हुन पाइने छ।