काठमाण्डौँ — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम सुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले सबै स्थानीय तहलाई छ बुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न निर्देशन दिइएको जानकारी गराइन् ।
उनले हावाहुरीबाट आगलागी सम्भावना बढी हुने र जसले जीउधनको क्षति हुने भएको पूर्व सजकता अपनाउन स्थानीय तहलाई निर्देशन दिएको बताइन् ।
चैत र वैशाखमा देशभरि नै हावाहुरी लाग्ने गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS