काठमाडौं । आज भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ ।
दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले समेत यहाँ पुगेर भाइटीका लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा रहेकाले बिहानैदेखि मन्दिर परिसरमा सर्वसाधारणको भिड लागेको छ ।
वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा दर्शन गर्न तथा टीका लगाउन काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गरेका छन् ।
भाइटीकाका अवसरमा मन्दिर परिसरमा दर्शनार्थीहरूको चहलपहलसँगै उल्लासमय वातावरण देखिएको छ । दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयता साटासाट गर्दै मनाइने यस पर्वले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।


???????? ?? ???????? ?? ????? ?????? ??????? ?????? ??? ?????? ??????? ??? ????? ?????? ?????????? ??????????? ????? ????? ????????????? ?????? ? ??????? ?????? ???????÷????
???????? ?? ???????? ?? ????? ?????? ??????? ?????? ??? ?????? ??????? ??? ????? ?????? ?????????? ??????????? ????? ????? ????????????? ?????? ? ??????? ?????? ???????÷????

