काठमाण्डौँ — सौर्य एयरलाइन्स ६४ करोडमा बिक्री भएको छ ।
चार वर्षअघि क्यानेडियन जेट विमान (बमबार्डियर सिआरजे २००) ल्याएर नेपाली आकासमा उडान थालेको एयरलाइन्स बिक्री भएको हो ।
५० सिट क्षमताका साढे १५ र साढे १७ वर्ष पूराना दुईटा सीआरजे विमानबाट काठमाडौंदेखि सुगम रुटहरु (भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगंज र धनगढी)मा उडान थालेको यो कम्पनी चीनमा बसेर व्यापार गर्दै आएका श्याम अधिकारीको समूहले ६४ करोड रुपैयाँमा लिएका हुन् ।
बुधबारदेखी सौर्य एयरलाइन्स नयाँ व्यवस्थापनले लिएको कम्पनीका मार्केटिङ प्रमुख मुकेश खनालले बताए ।
उनले ‘कम्पनीको कूल मूल्यांकन ६४ करोड हाराहारी थियो यसभित्र ५१ करोड हाराहारी बैंकको ऋण समेटिएको बताए ।
खनालका अनुसार, अबको एक महिनामा पुरानो व्यवस्थापनले कम्पनी हस्तान्तरण गरिसक्ने छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS