काठमाडौं, भदौ १२ – रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । भदौ ७ गते भर्ना भएका तिलोत्तमा–८ का ६० वर्षीय पुरुषको बिहीबार राति साढे २ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
‘पहिले सामान्य अवस्था थियो, १० गतेबाट भेन्टिलेटरमा राखी उपचार थाल्यौं,’ उनले भने, ‘फोक्सोमा समस्या भई श्वासप्रश्वासमा गाह्रो भएर ज्यान गयो ।’ चिकित्सकका अनुसार ती व्यक्ति मधुमेहका समेत बिरामी थिए ।
अहिले कोरोना विशेष अस्पतालको आईसीयूमा १५ बिरामी उपचाररत छन् भने दुई जना भेन्टिलेटरमा छन् ।
FACEBOOK COMMENTS