काठमाडौं,भारतमा कोरोनाभाइरसका ४१ हजार ५०६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा ८९५ जना सङ्क्रमितको ज्यान गएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा हाल चार लाख ५४ हजार ११८ जना सक्रिय सङ्क्रमित छन् । चौबीस घण्टामा दर्ता गरिएका मृतकको सङ्ख्यासँगै भारतमा कोरोना सङ्क्रमणले हालसम्म चार लाख आठ हजार ४० जनाले ज्यान गुमाएका छन् । दुई करोड ९९ लाख ७५ हजार ६४ जना निको भएका छन् । गएको चौबीस घण्टामा ४५ हजार २५४ जना निको भएका हुन ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म ३७ करोड ६० लाख ३२ हजार ५८६ डोज कोरोना विरुद्धको खोप लगाइएको छ ।
FACEBOOK COMMENTS