काठमाडौं, कात्तिक १९ – नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन्। मनिषाले मंगलवार साँझ सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन्।
भेटमा प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत सहभागी थिए। भेटमा के कुरा भयो भन्ने खुल्न सकेको छैन।