काठमाडौं, २९ माघ – माछापुच्छ्रे बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले राजिनामा दिएका छन् । माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक न्यौपानेले दिएका राजिनामा स्वीकृत गरेको हो ।
स्नातकोत्तर तहमा एमबीए गरेका न्यौपानेसँग व्यवसायको क्षेत्रमा लामो अनुभव रहेको छ । उनी पहिले नाडा अटोमोबाइल्स र निजी स्वास्थ्य संस्थानको एसोसिएसनसँग आवद्ध रहेका थिए ।
FACEBOOK COMMENTS