काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा दोश्रो दिनमा नै २.९४ गुणाले ओभर सब्सक्राइब भएको छ । ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको दोश्रो दिन ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटलले जनाएको छ ।
आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । आइपीओमा २८ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि आस्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्था र मेरो सेयरबाट आवेदन दिने सकिने छ ।
FACEBOOK COMMENTS