राष्ट्रिय उपभोक्ता मंचको १४ औ स्थापना दिवस तथा साधारण सभा सम्पन्न
कर्पोरट खबर
8:21 am, आइतबार, भदौ २९, २०७६
ललितपुर, २९ भदौ। उपभोक्ता अधिकारका निम्ती कृयाशिल राष्ट्रिय उपभोक्ता मंचले आफ्नो १४ औ स्थापना दिवस तथा साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्वमाझ बालकुमारीमा आयोजित कार्यक्रमको उद्घघाटन संघीय संसदको प्रतिनिधी सभा अन्तर्गतको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति विमल प्रसाद श्रीवास्तवले गरे । कार्यक्रम मा प्रमुख अतिथीको आसनबाट बोल्दै सभापति श्रीवास्तवले आम उपभोक्ताको हक र अधिकारका निम्ती राष्ट्रिय उपभोक्ता मंचले निर्भयका साथ अभियान संचालन गर्दै आएको बताउदै निर्भिकतापूर्वक अघि बढिरहन सुझाव दिए ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै मंचका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता, ब्यवसायी र सरकार बिच पुलको रुपमा मंचले काम गर्दै जनाउदै उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्नेलाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ भन्दै उपभोग्य अधिकारलाई कुंठित गर्ने जो कोहीलाई पनि कानुनको कठघरामा उभ्याउन मंच लागि पर्ने बताए ।
कार्यक्रम माझ प्रतिनिधि सभा सांसद कृष्णलाल महर्जन तथा प्रदेश सांसदद्वय ज्ञानेन्द्र लाल शाक्य र माधव पौडेलले मंचलाई वार्षिकोत्सवको शुभकामना ब्यक्त गर्दै आम उपभोक्ताहरुलाई बढि भन्दा बढि राहत दिदै जान सकोस् भन्ने आसय सहितको मन्तब्य धारणा राखे ।
त्यस्तै, वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले राष्ट्रिय उपभोक्ता मंचले आम उपभोक्ताहरुको उपभोग्य अधिकारको सुनुश्चितताका लागि खेल्दै आएको भूमिकाको सर्हना गर्दै सरकारको लागि सहयोगीको भूमिका निर्वाह गर्दै आएको स्मरण समेत गरे ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशन आम उपभोक्ताको चाहना अनुरुप अघि बढेको जनाउदै आम उपभोक्ताको सिुनिस्चित गर्न राष्ट्रिय हितका निम्ति उपभोक्ता मंच जस्ता संघ संस्थाको अपरिहार्यता रहने औल्याईन् ।
कृषि विभागकी उप महानिर्देशक जानुका पंडितले नेपाल सरकारसँग सहकार्य गर्दै मंचले उपभोक्ताको हितमा काम गर्दै आएको बताईन ।
नेपाल सुनचादी, रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले मंचको भूमिकाको प्रशंसा गर्दै सबल नेतृत्वबाट नै मंचले सफलता हासिल गरेको औल्याए । ।
कार्यक्रम माझमा उपभोक्ताको हक हितका निम्ती आ आफ्नो क्षेत्रबाट योगदान पुर्याए बापत सोको कदर गर्दै विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा नियामक निकायतर्फ मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद जोशी, पत्रकारिता तथा संचारको क्षेत्रबाट कर्पोरेट म्यागाजिनका अध्यक्ष तथा सम्पादक उज्ज्वल जंग शाह र रेडियो नेपालमा कार्यरत गीता तिमील्सेना, जिल्ला शाखाबाट सिल्धुली र मुगुका अध्यक्षद्वय मिन प्रसाद घिमिरे तथा चित्र बहादुर मल्ल र मंचका केन्द्रिय सल्लाहकार प्रा. डा. राजेन्द्र सुवाल र चन्द्र बहादुर डाङगी, झापा रहेका छन् ।
कार्यक्रममा प्रदेश सांसद राजकाजी महर्जन, नेता हरिकृष्ण ब्यन्जनकार, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक महाप्रबन्धक कुमार राजभण्डारी, काठमाण्डौं मेट्रो ग्यासका महाप्रबन्धक महेन्द्र भुषाल, सुनचाँदी ब्यबसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, नेपाल चेम्बर ललितपुरका अध्यक्ष पुष्परत्न शाक्य, नेपाल बोतल वाटर उद्योग संघ ललितपुरका अध्यक्ष सुभाष भण्डारी, ललितपुर खाद्य ब्यापार संघका बुद्धिधर श्रेष्ठ, काठमाण्डौं उद्योग बाणिज्य संघका कोषाध्यक्ष सुष्मा महरा लगायतको ऊपस्थिति रहेको थियो । यसै माझ मंचले आफ्नो १४ औ साधारणसभा समेत सम्पन्न गरेको छ ।
FACEBOOK COMMENTS