काठमाडौ, ३० वैशाख -नेपाली युवाद्वय महेश ढकाल र नारायण थपलिया क्रमश: विश्वप्रसिद्ध बेस्ट अफ ग्यास्ट्रोनोमी कन्ट्री एम्बास्डरमा चयन भएका छन् । दुवै जना मास्टर सेफ हुन । नेपालको हकमा सेफ जगतमा ढकाल तेस्रो पुस्ताका हुन भने थपलिया दोस्रो पुस्ताका हुन । फ्रान्स स्थित बेस्ट अफ ग्यास्ट्रोनोमीको मुख्यालयले नेपालका मास्टर सेफद्वय महेशराज ढकाल र नारायण थपलियालाई कन्ट्री एम्बासडर चयन गरेको हो । विश्वभरका १ सय देशबाट सर्वोत्कृष्ट सेफहरु चयन गर्ने क्रममा ढकाल र थपलिया नेपालवाट चयन भएका हुन। ग्यास्ट्रोनोमी कन्ट्री एम्बास्डर र भाईस एम्बासडर हस्पिटालिटी क्षेत्रमा राम्रो दख्खल राख्ने अनुभवी सेफहरुलाई प्रदान गर्ने गरिन्छ । यस संस्थामा नेपालबाट मास्टर सेफद्वय ढकाल र थपलिया सहित अन्य नेपाली सेफहरु गोल्ड मेडलिस्टका रुपमा विभिन्न देशबाट आवद्ध भैसकेका छन्। संस्थागत रुपमा अन्य सेफहरु पनि यसमा आवद्ध हुने क्रम जारी छ।
हस्पिटालिटी क्षेत्रमा अत्यन्त सम्मानित उपाधि पाउने मास्टर सेफ महेशराज ढकाल र नारायण थपलिया सहित अन्य सेफहरुले प्रस्तुत गरेको नेपाली खानाको रेसिपी इन्टरनेशनल कुकबुकमा प्रकाशित हुने भएको छ। जसबाट नेपाली खानाको स्वाद र परिकार विश्वभर व्यापक चिनाउने कार्यमा मास्टर सेफ द्वय र अन्य सेफहरुले योगदान गर्दैछन् ।
ग्यास्ट्रोनोमीक कन्ट्री एम्बास्डरमा छनौट भए पछि मास्टर सेफ महेश ढकालले भने ‘पत्रकारितामा स्नातक सक्दासम्म सेफ हुन्छु भन्ने सोच नै थिएन, शिक्षक हुने सोच थियो । जीविकाकै विकल्प बुन्दै गर्दा सेफको एकवर्षे डिप्लोमा कोर्स सकेँ काम त रमाइलो लाग्यो र हौस्याउने व्यक्तिहरूले गर्दा दृढ भएर लाग्न पनि थप प्रेरणा मिल्यो’ ।
उनले काठमाडौँको होटल र्याडिसनमा इन्टर्न गरेर अबुधाबीको भिसरी होटल ग्रुप, दुबईको जे डब्लु मेरिअट, अफ्रिकी देश सेसिलसको होटल हिल्टन र काजकिस्तानको रिच कार्लटनमा काम गरिसकेका ढकालले विदेशका विभिन्न भेगमा काम गरिसकेका छन् ।
नेपालका पाँचतारे सांगिला होटलका सबैभन्दा कान्छा एक्जुकेटिभ सेफसमेत रहेर ४ बर्ष र नगरकोटको तारे होटल मिस्टिक माउण्टेनमा कुलिनरी डाइरेक्टर पदमा कार्यरत बनेका महेशराज ढकाल हाल अष्ट्रेलियामा छन्। वर्ल्ड हस्पिटालिटी अवार्ड–२०१५ बाट पुरस्कृत भएका उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भएका छन् ।
त्यस्तै ग्यास्ट्रोनोमीक कन्ट्री भाईस एम्बास्डरमा छनौट भए पछि मास्टर सेफ नारायण थपलिया भन्छन् सेफ भनेको स्वादसँग परिचित हुनुपर्ने र सेफले परिकार बनाउँदा थोरै गल्ती गर्यो भने ठुला ठुला होटल रेस्टुरेन्ट, पार्टी प्यालेसले पनि ठुलो मुल्य चुकाउनुपर्ने अवस्था अाइपर्न सक्ने कुरा सुनिसकेपछि मलाई भित्रै देखी यस पेशा प्रति आकर्शण बढेर आयो अनि म दायित्वबोधका साथ अघि बढने प्रणका साथ यस पेशालाई रोज्न पुगे । पछिल्लो जिम्मेवारीबाट म खुसी छु, देशको लागि केही हुने गरि काम गर्छु’ ।
थपलियाले सन १९९७ बाट नगरकोट स्थित होटल क्लब हिमालयबाट सेफ कर्मलाई अपनाएका हुन । यस माझ उनले नेपालमा पार्क भिलेज होटल र रेडीसन होटेलमा सेफका रुपमा काम गरेका छन भने सन २००४ देखी २०१० सम्म दुवाई र सन २०१० देखी २०१७ सम्म केमन अाइल्याण्डमा वर्ल्ड चेन होटलमा काम गरेका छन । त्यसो त उनले केमन अाइल्याण्ड युनिवर्सिटीमा याडजन्स्ट लेक्चररका रुपमा कार्य गरेका थिए । उनले रिसोर्ट ब्यवस्थापन, लिडरशिप अफ होटल म्यानेजमेण्ट,
टूडे एण्ड इन्ट्रोडक्सन अफ हस्पिटालिटी एण्ड हस्पिटालिटी ल सम्बन्धी अध्ययन पुरा गरेका छन् । मास्टर सेफ थपलियाले एस स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट, कान्तिपुर होटल ट्रेनिङ् सेन्टर, अोरियन्टल होस्पिटालिटी एण्ड टुरिजममा इन्स्ट्रक्टरका रुपमा पनि काम गरेका छन् ।
FACEBOOK COMMENTS