काठमाडौं, चैत १० – कोभिड–१९ संक्रमणको आशंका गरिएका वीरगञ्जका व्यापारी शिवकुमार कोभिड–१९ संक्रमण नदेखिएको पुष्टि भएको छ । भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका उनको रिपोर्टमा संक्रमण नदेखिएको हो ।
यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालका चिकित्सकले जानकारी गराएको छ ।
आइसीएमआर -राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्स, पटनामा उनको स्वाब टेस्ट गरिएको थियो। पीएमसीएच पटनाबाट उनको स्वाब परीक्षणका लागि उक्त ल्याबमा पठाइएको थियो।
मार्च २० मा उनको स्वाब पठाइएको थियो।