काठमाण्डौँ — नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ।
विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई सोमवार शिलबन्दी गरेको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले शिल तोडेर नक्कली शिल लगाई बिक्री–वितरण गरेको आधारमा शिलबन्दी गरेको जानकारी दिए।
दुबै पेट्रोल पम्पका सञ्चालक एकै जना भएको विभागले जनाएको छ।
विभागले स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ अनुसार उक्त दुबै पम्पमा शिलबन्दी तथा कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाइएको महानिर्देशक पुडासैनीले बताए।
— नागरीक
FACEBOOK COMMENTS