काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संचालक समितिले आज देखि लागु हुने गरि धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली २०७८ लागु गरेको छ । यो सँगै आजदेखि प्रि–ओपनिङ सेसनमा अधिकतम २ प्रतिशतको सीमा मार्जिन राख्न पाइने भएको छ । संशोधित विनियमावलीमा प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविस्ष् गर्दा अघिल्लो दिनको अन्तिम मूल्यमा २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने छ ।
यसअघिसम्म प्रि–ओपनिङमा अघिल्लो दिनको मूल्यमा ५ प्रतिशतको मार्जिन राखेर सेयर खरिद बिक्री गर्न पाइने व्यवस्था थियो । आजको मितिदेखि यो व्यवस्था हटेको छ । उक्त विनियमावलीमा हाल १ रुपैयाँ मार्जिङ राखेर सेयर मूल्य परिवर्तन गरी खरिद बिक्री गर्न सकिने व्यवस्थालाई घटाएर १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्टी गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS