काठमाडौं– नेपालको शैक्षिक परामर्श क्षेत्रमा नेपालीहरुनै सक्षम रहेको परापर्शदाताहरुले बताएका छन् ।
आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाँच वटा संगठनहरुले शैक्षिक परामर्शको क्षेत्रमा आफुहरु सक्षम रहेको भन्दै वैदेशीक लगानी आवश्यक नभएको बताएका हुन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यानं), फेकोन, आइरिन, नायर, जाल्सानले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शका क्षेत्रमा विदेशी लगानी अमान्य हुने चेतावनी दिएका छन् ।
विदेशी लगानीमा खुल्ने परामर्श दाता कम्पनीहरुले थोरै लगानी गरेर धेरै प्रतिफल फिर्ता लैजाने, विश्व विद्यालयका प्रतिनिधी भए वापत आउने कमिसन उतै राख्ने, राज्यलाई थोरै मात्र कर तिर्ने, न्युन मात्रामा रोजगारी दिने, नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या वृद्धि हुने लगायतका तर्क गर्दै त्यस्तो लगानी आवश्यक नभएको दावी गरेका हुन् ।
हालसम्म शिक्षा मन्त्रालयमा २२५६ वटा शैक्षिक परामर्श दाता कम्पनी आवेदन दिएका छन भने १४७३ वटाले लाइसेन्स पाएका छन् ।
यी कम्पनीहरुकै नियमन राम्रोसँग नभैरहेको अवस्थामा विदेशी कम्पनी भित्र्याउँदा थप अराजकता निम्तिने उनीहरुको भनाई छ ।
FACEBOOK COMMENTS