काठमाडौं, माघ ९ – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङ्गे पक्राउ परेका छन्।
मनाङेलाई पक्राउ गर्न अनुमति पाए लगत्तै प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।
मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा ) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरुङले प्रदेश सांसद मनाङेले दुर्व्यवहार गरेको उजुरी बुधबार दिएका थिए ।
सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङे पक्राउ गर्न अनुमति दिएको थियो ।
FACEBOOK COMMENTS