काठमाडौं, मंसिर ४ – गोरखाको हरमटारीमा “मेहनती परिश्रमी तपाईको हात आर्थिक समृद्धिमा साधनाको साथ” भन्ने मुल नाराका साथ स्थापित साधना लघुबित्त बित्तीय संस्थाले स्थापनाको दोस्रो बर्ष पार गरी तेस्रोबर्ष प्रबेश गरेको अबसरमा गोरखा नगरपालिका स्थित गोरखाबजारमा सरसफाई कार्यक्रमकोे आयोजना गरी सम्पन्न गरेको छ ।
गोरखाको ठूलो आँगनवाट सुरु गरिएको सरसफाई कार्य हरमटारीचोक, घ्याम्पेसाल बसपार्क हुँदै कार्यालय प्राङ्गणमा गई समापन गरेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्ब अन्र्तगत रही नगर सरसफाई कार्यक्रमको आयोजना गरिएको र यस सामाजिक अभियानलाई मासिक रुपमा निरन्तरता दिने बताए ।
वित्तीय संस्थाका अध्यक्ष कृष्ण वहादुर थापाले बित्तीय संस्थाले छोटो समयमा नै ग्राहक सदस्यहरुको मन जित्न सफल भएकोमा खुसी ब्यक्त गर्दे अझै थप सफलताकालागी ग्राहकको मनोभावना बुझी उनीहरुको उन्नति, प्रगति हुनेगरी कार्य सम्पादन गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा उत्कृट कर्मचारीहरु क्रमश आशिषकुमार तामाङलाई ” Empolyee of the year 2075/076 ” अबार्ड बाट सम्मानगरिएको थियो । साधना लघुबित्त बित्तीय संस्थाले कार्तिक मसान्त सम्ममा ४७ बटा शाखा कार्यालयबाट ३८हजार घरपरिबारलाई बित्तीय सेबा प्रबाह गरिरहेको छ ।
FACEBOOK COMMENTS