काठमाण्डौँ — दुई दिन देखि राजधानीमा जारी साना किसान सम्मेलन १४ बुदे घोसणापत्र जारी गर्दै सकिएको छ ।
साना किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन सम्मेलन आयोजना गरिएको थियो ।
साना किसानको समृद्धि, कृषि रुपान्तरण, उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न र कृषिमा प्रविधिको प्रयोगलाई सम्मेलनले जोड दिएको छ ।
६९ जिल्लाका साना सहकारीका प्रतिनिधिसहित करिब १२ सय जना सहभागिता रहेको सो सम्मेलनले गरीब निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता दीगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गुर्न पर्नेमा समेत जोड दिएको थियो ।
— नागरीक
