काठमाण्डौँ — राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा आएको संसदीय टोलीले आयोजनाभित्र कमजोरी रहेको ठहर गरेको छ।
‘संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति’का पदाधिकारीले दुई दिन लगाएर सिक्टाको पश्चिम र पूर्वी मूल नहरको स्थलगत निरीक्षण गरेका थिए ।
उक्त टोलीले निरीक्षणपश्चात आयोजनाभित्र कमजोरी रहेको ठहर गर्दै लिखित प्रतिवेदनमार्फत सबै कुरा सार्वजनिक गर्ने जनाएको छ।
आयोजनाको पश्चिम मूल नहर परीक्षणका क्रममा गत साउन ७ गते ढकेरीस्थित चंगाई नालानजिक भत्केको थियो।
त्यसअघि २०७३ असार १४ गते पनि ढकेरीस्थित झिझरी खोला छेउमा परीक्षणकै क्रममा मूल नहर भत्किएको थियो ।
समितिका पदाधिकारीले दुई दिनसम्म स्थलगत निरीक्षण गरिसकेपछि सिक्टाभित्रको कमजोरी प्रारम्भिक रुपमा औंल्याएका हुन्।
समितिका सभापति पूर्णा सुवेदीले आयोजनाभित्र कमजोरी रहेको कुरा अनुगमनका क्रममा प्रस्ट देखिएको बताइन् ।
— नागरीक
FACEBOOK COMMENTS