काठमाडौं ।अरुण कुमार चौधरी हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएका छन् ।
सिजी होल्डिंग्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक रहेका चौधरीलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।
उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा। दुर्गा बहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
चौधरीले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS