काठमाडौं – सवारी साधनको तेश्रो पक्ष बीमा दायित्व ७ लाख पुर्याउने योजनामा यातायात मन्त्रालय रहेको छ ।
यातायात क्षेत्रको सिण्डिकेट मन्त्रालयले तेश्रो पक्ष बीमा दायित्व ७ लाख पुर्याउने निर्णय गरेको थियो ।
तर मन्त्रालयले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिसँग आवश्यक समन्वय नै नगरि आफैं प्रिमियमको प्रस्ताव माग गरेपछि बिमा समिती संग असमझदारी बढेको छ ।
यातायत व्यवस्था विभागले साउन २३ गते सार्वजनिक सूचना प्रकाशित गरेर बीमा कम्पनीहरुसँग शिलबन्दीमा नयाँ प्रिमियम माग गरेको थियो ।
मोटर बीमाको दायित्व वृद्धिबारे नयाँ व्यवस्था गर्नुपर्ने भएमा अर्थमन्त्रालय मार्फत समितिमा प्रस्तावमा आउनु पर्ने बिमा समितिको भनाई छ ।
विमा समितिले तेश्रो पक्ष बीमाको दायित्व वृद्धि गर्नेबारे प्रारम्भिक छलफल अघि बढेको तर अर्थमन्त्रालयको पत्र कुरिहेको छ ।
२०६६ सालदेखि तेश्रो पक्ष बीमाको भुक्तानी दायित्व ५ लाख बनाइएको थियो ।
यातायात क्षेत्रको सिण्डिकेट हटेसँगै दुर्घटनामा मृत्यु भएका तथा घाईतेहरुको क्षतिपूर्ति एंव उपचार खर्चको रकम अपुग देखिएपछि बीमा दायित्व बढाउने प्रयास अघि बढेको हो ।
FACEBOOK COMMENTS