अन्जनराज न्यौपाने तनहुँ २६ असार -जिल्ला स्थित शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४पुलचोक र ८ ढोरफिर्दिका स्थानीय बासिन्दाहरु अविरल वर्षासगै आएको बाढि एकाएक घरमा पस्न थालेपछि रातारात भागाभाग गर्न बाध्य भएका छन्। ‘रातिको २ वजेर ४३ मिनेट जाँदा सुसाएर सेती नदी आयो सुतिरहेका थियौं घरभित्र पानी पसिसकेको रहेछ पानी देखेपछि सातो गयो, गुहारगुहार माग्दै खोलाको पानी पस्यो भन्दै कराए र काखामा नाबालक बच्चा च्याप्दै बौद गुम्बा तर्फ भागेर जिउ बचाए’ स्थानीय माया थापाले बताईन्। उनी भन्छिन् मानविय क्षति हुन पाएन घर भने बगायो उनले भनिन्न। घरघरमा बाढि पसेपछि स्थानीयहरु घर नजिकै रहेको बौद्ध गुम्बा ,आदर्श समाजको भवन र छिमेकीको घरको पिडीमा रात काट्न बाध्य भएका छन्।विहीवार साँझ देखी परेको अविरल वर्षाका कारण सेती नदिमा आएको बाढीका कारण वडा नं.५ का २९ र वडा नं.८ का १५ घर परिवार विस्थापीत भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । ‘बाढीले घर बगाउने देखिएपछि उनीहरुलाई अन्यत्र सारिएको छ’ प्रजिअ अधिकारीले भने । जनपथ प्रहरी र ३ नं राजदल गणका नेपाली सेनाहरुले स्थानीयलाई सार्ने काम गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले वस्तीमा नदि पस्ने खतरा बढदै गएपछि स्थानीयहरुलाई सुरक्षीत ठाउँमा सार्ने काम तत्कालै भैसकेको छ भने मानविय क्षति हुन भने नपाएको उनले बताए । विस्थापित स्थानीय बाडीपिडितहरुलाई सोही स्थानमा रहेका मगर समाजको भवन, वौद्ध गुम्वा, आदर्श समाजको भवन, राधा कृष्ण मन्दिर, पार्टीहरु, पौवा र प्रतिक्षालयमा उनिहरुलाई राख्ने काम भइरहेको जानकारी उनले दिए । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीका अनुसार बाढीले ढोरफिर्दी जाने काठे पुल समेत डुबाएको छ उनले बाढिले शुक्ला गण्डकी नगरपालिका ५ र ८ जोडने मोटरेवल पुलमा समेत क्षती पुगेको छ । सेती नदिमा अहिले सम्मकै ठूलो वाढी आएको जानकारी उनले दिए । सेती नदि किनारमा रहेका तीन दर्जन बढि घरहरु उच्च जोखिममा रहेका छन् तुरुन्तै समाधानका उपाय अपनाउन पहल कदमी हुने प्रजिअ अधिकारीको भनाइ रहेको थियोे । स्थानीय दोरजन खातीले पनि सेती नदि भिषण रुपमा बढेको देख्दा आङ्ग सिरिङ्ग भएको बताए । तिब्वतीयन क्याम्प खतरामा सेती नदिमा आएको वाढीका कारण शुक्ला गण्डकी नगरपालिकामा रहेको तिब्वतीयन क्याम्प खतरामा परेको छ । बाढी वस्तीमा पस्ने खतरा वढेपछि क्याम्प खतरामा परेको हो । क्याम्पमा रहेका २ सय भन्दा बढी बासिन्दाहरु जोखिममा परेको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भइरहे वस्ती नै डुवानमा आउन सक्ने भन्दै सर्तक अपनाउन भनिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । शुक्रवार स्थलगत अवलोकनका लागी पुगेका प्रमुख जिल्ला अधिकारी बद्री नाथ अधिकारी र प्रहरी उपरिक्षक अरुण पौडेलले स्थानीयहरुलाई सावधानी अपनाउन आग्रह गरेका थिए । ढोरफिर्दी जाने पुल खतरामा परेपछि वारिपारी प्रहरी राखेर केही समय आवतजावत वन्द गराइएको थियो ।
FACEBOOK COMMENTS