काठमाडौं, पुष ६ – सोल्टी होटलको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि होटलले सो दिनदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।
पुस ३ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको ४६औं वार्षिक साधारणसभा आगामी पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्च्युअल माध्यमबाट हुने भएको छ ।
FACEBOOK COMMENTS