अन्जनराज न्यौपाने
तनहुँ, २३ पौष – जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजनामा जिल्लामा संचालनमा आएका २० वटा एम्बुलेन्स चालकहरुलाई १ दिने सवारी अभिमुखिकरण प्रशिक्षण तालिम दिइएको छ।उक्त १ दिने एम्बुलेन्स चालक प्रशिक्षण तालिम विभिन्न सरकारी तथा नीजि सघ संस्थामा प्रयोगमा आएका एम्बुलेन्स चालकहरुले आफुलाई दिईएको सवारी चलाउने समयावधिहरुमा मादक पदार्थ सेवन गरि सवारी दुर्घटना गराउने कार्य हुन नदिन उक्त अभिमुखिकरण तालिम दिईएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले वताए ।
सवारी दुर्घटना न्युनिकरण गर्न जेव्रा क्रसिङबाट पैदल हिड्ने वानी वसाल्न, सवारी गति सिमित पार्न,ढिलो गए अवस्य पुगिने र चाडै गए भन्न नसकिने ,पैदल यात्रुले यात्रा गर्दा सडक पेटी सगै यात्रुले देब्रे पट्टी हिड्ने वानी बसाल्ने हिड्नै परे दायाँबायाँ हेरेर जेब्रा क्रसिङ बाट नै यात्रा गर्नुपर्ने ट्राफिक प्रमुख अधिकारीले बताए । एम्बुलेन्स चालकहरु एक जिम्मेवार ईमर्जेन्सी सेवकको रुपमा डिउटिमा खटिनुपर्नै भएको हुदा विरामीको जीवन मरणका विषय ख्याल राख्नुपर्नेमा ट्राफिक प्रमुख अधिकारीले जोड दिए।
अभिमुखिकरण तालिममा सहजिकरण गरेका अधिकारीले मादक पदार्थ सेवन गर्ने जो कोहीलाई पनि छाड्न नमिल्ने बताउदै एम्बुलेन्स चालकले समाजमा विशेष भूमिका निर्वाह गर्नुपर्ने भएकोमा स्वतः हरघडी सचेत रहन आग्रह गरे।
FACEBOOK COMMENTS