काठमाडौँ, कार्तिक १८ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज –मंगलबार) सामान्य अंकले बढेको छ । आज नेप्से ५.४० अंकले बढेर १ हजार ६ सय ४३ दशमलव ३ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार मंगलबार २ अर्ब २३ करोड ७९ लाख ६४ हजारको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये २ वटा समूह बाहेक अन्य सबैमा हरियाली छाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।
मंगलबार ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनी लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
FACEBOOK COMMENTS