असोज ६,काठमाडौं । दक्षिणपूर्वी अस्ट्रेलियामा भूकम्पको धक्का महसुस गरिएको छ । त्यहाँ ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् ।
स्थानीय सयम बिहान ९ बजेर १५ मिनेटमा (नेपाली समय ५ बजे तिर ) सो भूकम्प गएको बीबीसीले जनाएको छ ।
छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा मा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । साथै ४.० र ३.१ रेक्टरका पराकम्प पनि गएको जनाइएको हो ।
FACEBOOK COMMENTS