काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन (मिटर)को क्षमता बढाउँदा आगामी महिनादेखि शुल्क नलिने भएको छ । प्राधिकरणले अब सिंगल र थ्री–फेज मिटरको क्षमता बढाउँदा शुल्क नलिने भएको हो ।
विद्युत प्राधिकरणले शुल्क नलिने गरी गरेको प्रस्तावलाई विद्युत् नियमन आयोगले स्वीकृत गरिसेकको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार सिंगल फेज मिटरको क्षमता बढाउँदा २०० रुपैयाँ शुल्क लाग्थ्यो ।
अब भने त्यसलाई निःशुल्क गरिएको छ । त्यसैगरी थ्री फेज मिटरको क्षमता बढाउँदा यसअअघि ५०० रुपैयाँ लाग्थ्यो भने अब कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS