काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो ।