काठमाण्डौँ — मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी वर्षात्अघि नै पानी ल्याइनुपर्नेमा जोड दिइएको छ ।
सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘मेलम्चीको विवाद र समाधान’ विषयक छलफल कार्यक्रममा संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले हालसम्म आयोजनाका तीन निर्माण व्यवसायी भाग्नु रहस्यमय बनेको बताइन् ।
समिति बैठकले पनि द्रुत गतिमा काम गरी छिटो राजधानीमा पानी ल्याउन सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै उनले स्थानीयवासीको समस्यासमेत समाधान गर्न आयोजनाको ध्यानाकर्षण गराइन् ।
— कारोबार
FACEBOOK COMMENTS