काठमाण्डौं– टाटाले एक नयाँ ह्याचब्याक कार लागि तयारी गरिरहेको छ । यसको कोड नेम ‘४५एक्स’ राखिएको छ ।
यो कारका साथ टाटा ह्याचब्याकको प्रिमियम सेगमेन्टमा प्रवेश गर्नेछ । यो कार टाटाको सबैभन्दा महंगो ह्याचब्याक कार हुनेछ ।
यो कारलाई सबैभन्दा पहिले दिल्ली अटो शो २०१८ मा प्रदर्शन गरिएको थियो । टाटा ४५एक्स अल्फा आर्क नामक एड्भान्स मोडुलर प्लेटफर्म (एएमपी) मा आधारित पहिलो गाडी हुनेछ ।
टाटाले सो कारको एक टिजर भिडियो जारी गरेको छ । यसका आधारमा सो कार क्लासिक र एड्भान्स टेक्नोलोजीयुक्त भएको छनक पाइन्छ ।
कन्सेप्ट भर्सनलाई हुबहु डिजाइन गरेर यो कार बनाइएको छ । यसमा ग्रिल, फ्लोटिङ रुफ लाइन, ड्युअल हेडल्याम्पका साथ १७ इन्चको एलोई ह्विल आदि उपलब्ध छ ।
कारको पछिल्लो भागमा नयाँ टेल ल्याम्प्स र इन्टिग्रेटेड स्पोइलर उपलब्ध छ । यसको इन्टेरियरमा एनालग तथा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ ।
यो कारमा टाटा नेक्सनको जस्तै १।२ लिटर टर्बोचार्ज्ड पेट्रोल र १।५ लिटर डिजेल इन्जिन हुने अनुमान गरिएको छ । यो कारलाई सन् २०१९ को मध्यतिर लन्च गरिने छ ।
FACEBOOK COMMENTS