कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ ।
विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै पनि हामी कोरोना महामारीको त्रासमै छौँ ।
कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई सङ्क्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ । यहि विषयमा यहाँ हामीले कोरोना भाइरसबारे भ्रम र तथ्य के हो भन्नेबारे एभरेष्ट अस्पतालका फजिसियन डा. सरोज गौडेलको भनाई प्रस्तुत गरेका छौं–
कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रमहरू भेटिने गरिन्छ । जुन तथ्यहीन र प्रमाणविहीन कुराहरू रहेका छन् । जसमा अहिले कोभिड–१९ रोकथामका लागि लगाइने खोप एक भ्रमको केन्द्रविन्दु बनेको छ । हाल नेपालमा ४० प्रतिशत भन्दा बढिले पूर्ण खोप लगाइसकेको छन् । खोप लगाएका धेरै मानिसहरूले भन्ने गरेका छन् कि मैले पूर्णरूपमा खोप लगाएको छु मलाई कोभिड–१९ संक्रमण हुँदैन भन्ने छ ।
र पछिल्लो समय धेरैले आफूलाई पहिले नै कोभिड–१९ को संक्रमण भैसकेको र दुबै मात्रा खोप लागाइसकेकाले आफूलाई कोभिडको जोखिम नहुने भन्दै सामाजिक दूरी पालना नगर्ने, मास्कको प्रयोग नगर्ने, सेनिटाइजरको प्रयोग नगर्ने र भीडभाडजन्य गतिविधि गरिरहेको पाइन्छ ।
यस्तो भ्रमजन्य कुराहरूको पछि नलागी अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्ने गरौ किनकी अहिले कोभिडको जोखिम पहिले सङ्क्रमित भएका बिरामीलाइ र दुबै मात्रा खोप लगाउनेलाई रोगबाट हुने गाम्हिर्यता कम देखिएता पनि पुन कोभिडको सङ्क्रमण दोहोरिइरहेको छ । त्यसैले अहिलेको अवस्थामा बच्ने उतम तरिका भनेको सामाजिक दूरी कायम गर्ने र मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने र कोभिडविरुद्धको खोप नलगाएकाले खोप लगाउने नै अहिलेको समयमा कोभिडबाट बच्ने अत्ति उत्तम उपाय हो ।
सरकारले पनि अब ५० प्रतिशतले खोप लागाइसकेपछि बुस्टर डोज लगाउने भनेको छ । बुुस्टर डोज कोभिडविरुद्ध कतिको लाभदायिक छ त ? किन बुस्टर खोप लगाउने त ? भन्ने कुरा पनि आउन सक्छ ।
यसबारेको तथ्य केहो भने जब हामीले पूर्ण २ डोज नै खोप लगाउछौं । त्यो भ्याक्सिनको प्रभाव विस्तारै घट्दै जान्छ र बुस्टरले कोभिडविरुद्ध थप प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने विश्वास राखिको छ । केही समयअगाडि कोभिडको बिरामीदर कम हँुदै गएको थियो । अहिले पछिल्लो समय अस्पतालमा फेरि पनि कोभिडका विरामीहरू चाप दिनप्रति दिन बढ्दै गएको पाइन्छ ।
अस्पतालमा रुघाखोकी लागेर, ज्वरो आएर, जिउ दुखेर, झाडापखाला लागेका विरामीहरू बढ्दो छन् र उनीहरूलाई कोभिडको शङ्का देखिदै गर्दा पनि कोभिडको परीक्षण गर्न लगाउँदा नमान्ने, हिचकिचाउने पहिलेको जस्तो परीक्षण गर्छु आफू पनि बच्छु अरुलाई पनि बचाउँछु भन्ने खालको अवस्था थियो । चेकजाँच गर्नका लागि आफै गएर गर्दथे भने अहिले त्यो अवस्था छैन अहिले अस्पतालमा आउने ९० प्रतिशत भन्दा धेरैमा लक्षणहरू देखिएर आएका विरामीलाई कोभिड–१९ परीक्षण गर्न लगाउँदा नमान्ने गरेको पाइन्छ ।
कोभिड हुनका लागि मेरो नाकले बासना थाहा पाउन छाड्न पर्याे कि खानाको स्वाद थाहा पाउन छाड्न पर्यो अनि मात्र मलाई कोेभिड–१९ हुन्छ भन्ने अहिले धेरै मानिसमा यस्तो मानसिकता रहेको पाइन्छ । तर, यति मात्रै होइन । कोभिड–१९ को नयाँ–नयाँ भेरियन्ट्सहरूको लक्षणहरू फरक–फरक रहेका छन् । ज्वरो आएर, जिउ दुखेर र पखाला लागेर आएका विरामीहरूलाई पनि कोभिड–१९ को सङ्क्रमण भएको पाइएको छ ।
कोभिड–१९ सङ्क्रमण हुनका लागि स्वाद नै हराउनपर्छ, नाकले गन्ध थाहा पाउनै छाड्न पर्छ भन्ने हुँदैन । कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाइसकेको भय पनि उनीहरूलाई सङ्क्रमण देखिन सक्छ । खोप लगाएकाहरूलाई साधारण लक्षणहरू देखिने भएकाले उनीहरूले चिकित्सकको सल्लाहबमोजिम १० दिनसम्म घरमै बसेर चिकित्सकले दिएको लक्षण अनुसारको औषधिहरू सेवन गर्ने र धेरैमात्रामा तातो झोलिलो चिजहरू खाएर घरमै आरम गर्याे भने पनि ठिक हुन्छ ।
अहिले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भेटिएको भ्रमजन्य टिप्पणीहरूलाई गलत प्रयोग गर्ने र आफैंले प्रेस्कीप्सन बनाएर २–३ थरीका एन्टिबायोटिक्स, स्टोरोइडसहरूको गलत प्रयोग गरेर यति औषधि खायो भने ठिक हुन्छ भनेर लिस्ट नै तयार गरेको पनि पाइएको छ । यो एक गलत मान्यता र ठूलो भ्रमता हो ।
अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै औषधि बनेको छैन । यो नबन्दै गर्दा कुनै पनि किसिमको भ्रमतामा नलागेर चिकित्सकको सल्लाहमा रहेर अन्य औषधिजन्य कुराहरू नखाने र चिकित्सकको सल्लाह सधैं लिने गर्नु पर्छ ।
त्यस्तै, हामी वर्षेनी भाइरल इन्फुइन्फलुन्जा भ्याक्सिन लागाउछौँ । त्यो भ्याक्सिनले हामीलाई मौसमी रुघाखोकी ज्वरोबाट बचाउँछ । यसको फाइदा के छ भने हामीलाई थाहा भएकै कुरा हो, कोभिडको सुरुवाती चरण भनेकै मौसमी रुघाखोकी र ज्वरो हो । यो खोप लगाएसी मौसमी रुघाखोकी र ज्वरो मात्र कम भयो भने कोभिडको डर र भयबाट बच्न सकिन्छ ।
FACEBOOK COMMENTS