काठमाडौं – नेपालका लागि ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा।लि।ले एक्सचेन्ज योजना ल्याएको छ ।
मेगा एक्स्चेन्ज विक नाम दिइएको यस योजनामा ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडीसँग नयाँ डाट्सन गाडी साट्न सक्ने कम्पनीले जनाएको छ ।
साउन १० गतेदेखि १७ गतेसम्म यो योजना लागू हुनेछ ।
देशभर रहेका आधिकारिक शो रुमहरुमा सञ्चानलन हुने एक्स्चेन्ज अफरमा ग्राहकले अन द स्पट नै आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी ७५ हजार रुपैयाँसम्मको एक्स्चेन्ज बोनस पनि पाउनेछन् ।
FACEBOOK COMMENTS