काठमाडौ । गत हप्ताको तुलनामा औषत संक्रमणदर ११।८ प्रतिशतले कोरोना संक्रमितको संख्या घट्दै गइरहको छ । गत हप्ता एक लाख २० हजार २९९ आरटी पीसीआर परीक्षण गर्दा ६९ हजार ६६५ जनामा कोरोना पुष्टि भएको थियो । यो हप्ता घटेर ८४ हजार २३१ जनाको आरटी पीसीआर गर्दा २९ हजार ६९० जनामा कोरोना पुष्टि भएको छ । आरटी पीसीआर गर्दा एक हप्तामा नेपालमा १४।३ प्रतिशतले संक्रमणदर कमी आएको हो ।
त्यस्तै एक हप्ता एन्टिजेनबाट परीक्षण गर्दा संक्रमणदर २।९ प्रतिशतले घटेको छ । ३८ हजार ४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १३ हजार ७७१ जनामा कोरोना पुष्टि भएको थियो। भने यो हप्ता २९ हजार २७४ जनामा एन्टिजेन परीक्षण गर्दा १२ हजार ९२७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयको तथ्यांक हेर्दा पुस २० गतेबाट उकालो लागेको कोरोना संक्रमितको ग्राफ माघ १० गते पुनः ओरालो लाग्दै गइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
१० दिनमा १०९ जनाको मुत्यु
माघ १० गतेदेखि १९ गते सम्म १०९ जना संक्रमितको मुत्यु भएको मन्त्रालयको तथ्यांकले देखाउँछ । योसँगै नेपालमा कोरोना संक्रमितको मुत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ । नेपालमा कोरोना संक्रमितको मुत्युदर १ Þ३ रहेको छ । पछिल्लो केही दिन यता नेपालमा कोरोनामुक्त हुने संख्या बढ्दै गएको छ। माघ १० गते देखि १९ गतेसम्म दिनमा ५७ हजार ३३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकले देखाउँछ। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ लाख ७८ हजार ७२० पुगेको छ। संक्रमणमुक्त हुने दर ९१।६ प्रतिशत पुगेको छ ।
खोप कतिले लगाए
नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड २४ लाख ५८ हजार २९९ मात्रा खोप लगाइएको छ। जसमा एक करोड ७१ लाख ४४ हजार ८६७ ले एक मात्रा, एक करोड ४८ लाख २८ हजार ९५३ ले पूर्णमात्रा र चार लाख ८४ हजार ४७९ जनाले अक्तिरिक्त मात्रा खोप लगाएका छन्।
कुल जनसंख्याका ५६।४ प्रतिशतले एक मात्रा र ४८।८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। त्यस्तै १८ वर्ष भन्दा माथीका लक्षित जनसंख्याको ८६।१ प्रतिशतले एकमात्रा र ७४।४ प्रतिशतले पूर्णमात्र खोप लगाएका छन्।
FACEBOOK COMMENTS