काठमाडौँ — शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको सबै तयारी पूरा भएको सरकारले जनाएको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए ।
सम्मेलनमा ४० देशबाट प्रतिनिधि आउने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
सम्मेलनमा ६ सय बढीले सहभागिता जनाउानेछन् ।
दुई दिने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने छ ।
सम्मेलनमा १२ वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
विदेशी लगानी भित्र्याउन सहज बनाउने उद्देश्यसहित सरकारले कानुन सुधार गरेको मन्त्री खतिवडाले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS