यो पटकको क्यान इन्फोटेकमा हामीले डिजीकमको निरन्तरतालाई कायम राखेका छौँ ।
हामीले साउण्ड र म्युजिकलाई रिभाइभ गरेर यो क्यानमा पस्किएका छौँ । गेमिङ हेडफोनलाई विशेष प्रस्तुत गरेर अन्य हेडफोनहरू युएसबी वायर्ड हेडसेट, अन एयर हेडफोन, ओभर एयर हेडफोन, ब्लुतुथ नेकब्याण्ड, वायर्ड हेडफोनलाई प्राथमिकता दिएका छौँ ।
यी हेडफोनहरूका मूल्य साधारणतया एक हजार रूपैयाँदेखि पाँच हजारसम्म पर्दछन् । तपाइँले के प्रयोजनका लागि हेडफोन लिँदै हुनुहुन्छ भन्ने कुरामा पनि प्रडक्ट छनोट र मूल्य निर्धारण हुने गर्दछ । जस्तो मर्निङवाकदेखि साँझ सुत्नेबेलासम्मका हेडफोनका भेराइटीहरू डिजीकमसँग छन् । त्यस्तै स्पिकरहरू पनि त्यही रेञ्जका छन् । ४ हजार ५०० रूपैयाँबाट शुरू भएर ९ हजार रूपैयाँसम्मका स्पिकरहरू डिजीकमले क्यानमा ल्याएको छ । डिजीकमले सधैँ बजेट स्पिकरहरू मात्रै ल्याउने गरेको छ । जुन कुरा सर्वसाधारणहरूले बुझ्न जरुरी छ ।
हाम्रा सामानहरू अन्य कम्पनीका उपकरणहरूसँग तुलना गरिँदैन । क्यानमा हामीले सम्पूर्ण डिभाइसमा विशेष छूट राखेका छौँ । क्यानमा जुन मूल्यमा यी सामानहरू पाउनुहुन्छ क्यान सकिएपछि त्यो मूल्यमा पाउन सक्नुहुन्न । हामी इन्टरनेटसँग सम्बन्धित डिभाइसहरू पनि विक्री गर्छौं तर क्यानमा त्यसलाई फोकस गरिएका छैनन् । त्यसो त हामीसँग माउस र कि–बोर्डहरू पनि छन् । जस्तो तीनवटासम्म डिभाइसलाई कन्ट्रोल गर्न सक्ने एउटै कि–बोर्ड पनि हामीसँग छन् । तर, त्यसलाई अहिले फोकस गरिएको छैन । कन्जुमर र मास प्रडक्टहरूलाई मात्र समावेश गरेका छौँ ।
FACEBOOK COMMENTS