खासगरी इन्फर्मेशन कम्युनिकेशन टेक्नोलोजी (आईसीटी) भनेको के हो ?
हामी बिहानदेखि साँझसम्म विभिन्न ग्याजेट्सहरू चलाउँछौँ । हामी जे–जे चलाउँछौँ त्यही नै आईटी हो भन्ने धेरैलाई लागिरहेको छ । उच्चस्तरको राजनीतिक प्रतिबद्धता नहुँदा हिँजोका दिनमा पनि यो थियो र अहिले पनि त्यस्तै सोच विद्यमान छ । कसैको पनि प्राथमिकतामा यो क्षेत्र नपरेपछि एक लेभलका मानिसहरूको बुझाइ वर्ड, एक्सल र पावरप्वाइन्ट नै आईटी भन्ने लागेको थियो ।
त्यो ट्रेण्ड विस्तारै परिवर्तन हुँदै ट्विटर र फेसबुक पनि आईटी नै हो भन्नेमा पुगियो । कतिपयलाई अहिले पनि त्यही नै आईटी हो भन्ने लागिरहेकै छ । धेरै जान्नुपर्ने छ भन्ने उहाँहरूलाई लागेको छैन । तर, हिजो र आजको अवस्थामा धेरै फरक भइसकेको छ । सोही अनुसार हाम्रो एक्जिविसन वा प्राथमिकताहरू पनि फेरिएका छन् ।
हिजोका दिनमा इन्फोटेकमा आउने भन्नेवित्तिकै ब्राण्डिङ, कम्प्युटरसँग रिलेटेड, डिभाइसहरूका हिसाबले अन्तर्राष्ट्रिय ब्राण्डहरूले स्पोन्सर गर्ने गर्दथ्यो । त्यसकारण पनि त्यस्ता कुराहरू आईटीको प्राथमिकतामा परेको देखिन्थ्यो । त्यसपटि सफ्टवयरका कुराहरू पनि आयो । त्यसपटि पाँच–छ वर्षको अवधि इन्टरनेटको समय चल्यो, मानिसहरू त्यसमा फोकस भए । पछिल्लो दुई वर्षदेखि हेर्ने हो भने फिनटेक कम्पनीहरूले प्रायोजन गरेको छ ।
हामीले १९९५ इन्फोटेक शुरू गर्दा वस्तुतः तीन वटा कुरा प्रमुख थिए । त्यतिबेला आईसीटीसँग सम्बन्धित कुराहरू लक्जरियसको विषय थियो आवश्यकीय थिएन । तर, आजको दिनमा हामी बिहानदेखि साँझसम्म ग्याजेट चलाउने र यसका बारेमा चर्चा गर्न थालेका छौँ । तै पनि आफूले चलाउने ग्याजेटको भित्र हामी छिर्न सकिरहेका छैनौँ । केवल बाहिरी रूप, रङ्ग र आकार–प्रकारमै हामी अल्झिरहेका छौँ । एउटै कुरालाई कसरी इफिसेन्सी काम गर्ने बनाइएको छ भन्ने कुराहरू फिल गर्ने कुराहरू भयो । त्यसकारण आईटी भनेको मोबाइल तथा कम्प्युटर चलाउन जान्नु मात्रै होइन । यो कुरा बुझ्न सकियो भने मलाई लाग्छ आम सर्वसाधारणहरूले आईटी के हो भनेर धेरै हदसम्म बुझ्न सक्नुहुन्छ होला । यसर्थ अहिले हामीले इन्नोभेसन र स्टार्टअपलाई प्राथमिकतामा राखेका हौँ ।
सूचना र जानकारीलाई देखाएर क्यान इन्फोटेकलाई विक्री केन्द्र बनाइयो भन्ने गुनासाहरू पनि छन् नि ?
एक खालका मानिसहरूले त्यसो भनेका पनि हुनसक्छन्, तर सबैले होइनन् । यहाँ आउने एक्जिवेटरमा पनि एक खालका विक्री गर्न आएका हुन्, तर सबै होइनन् । किनभने हाम्रा १७० वटा स्टलमध्ये ५० वटा जति डेमोस्ट्रेशन र ब्राण्डिङकै प्रपोजमा छन् । २६ वटा स्टल स्टार्टअप र इन्नोभेसनका छन् । अहिले नतिजा ननिस्के पनि ८–१० वर्षपछि विदेशी मुद्रा आर्जन गर्न सकिने अवस्थालाई दृष्टिगत गर्दै हामीले स्टार्टअप र इन्नोभेसन विशेष प्राथमिकतामा राखेका छौँ । त्यस्तै १२ वटा स्टल फिनटेकका छन् । उनीहरू पनि विक्रीका लागि आएका होइनन् । बाँकी ६५ वटा स्टलमा केही आईसीटी रिलेटेड विद्यार्थी, केही सफ्टवयरसँग सम्बन्धित छन् । अनि मात्र बाँकी केही तपाइँले भन्नुभएजस्तो व्यापारसँग सम्बन्धित हुन सक्ने भए, भनेपछि विक्री केन्द्रित कसरी भयो त ? यो हाम्रो समग्र सोच हो । हामीले यो रूपले हेरियो भने न्यायोचित हुँदैन ।
तपाइँहरूले सूचना प्रविधिबारे जतिसुकै जानकारी दिन खोजे पनि अवलोकनकर्ताहरू आकर्षक सामान नदेखेपछि धेरैबेर टिक्दैनन् इन्फोटेकमा । उहाँहरूलाई के भन्न चाहानुहुन्छ ?
पहिलो कुरा त यहाँ आउनुहुने सबै अवलोकनकर्ताहरू सूचना प्रविधिसँग साक्षातकार नगर्नुभएका पनि हुनुहुन्छ । गर्नुभएकाहरूमा पनि सम्पूर्ण कुराको चासो छैन । त्यसमाथि सञ्चारमाध्यमहरूबाट यसबारे न्यून मात्रै समाचार सामग्री प्रकाशन–प्रशारण हुँदा पनि यस्तो समस्या देखिएको हो । यद्यपि, अहिलेको सन्दर्भमा त्यो कुरा निक्कै कम भएको छ । आईसीटीसम्बन्धी स्कुल तथा कलेजहरूमा अध्ययन–अध्यापन हुन थालेको छ । सर्वसाधारणमा पनि यसको प्रयोगबारे चेतनास्तर बढ्दै गएको छ । जसले गर्दा उहाँहरू थप जान्नका लागि पनि आउनुभएको छ । अवश्य पनि उहाँहरूले आकर्षक नदेखिएका सामानभित्रका राम्रा र नवीनतम पक्षहरूबारे जानकारी लिएर फर्किनुहुने छ भन्ने विश्वास मैले लिएको छु ।
त्यसोभए इन्फोटेक कसरी भिजिट गर्ने त ?
यहाँ आएर बाहिरी आवरण देखेर मात्रै केही हुँदैन । त्यसका बारे केही कुरा सोध्नुभयो भने मात्रै धेरै कुराको जानकारी लिन सकिन्छ । किनभने यो इन्फोटेकमा जुन–जुन कम्पनीका जति पनि स्टलहरू छन् ती सबै तपाइँहरूले थाहा नपाउनुभएको जानकारी दिन, थाहा पाउनुभएकाले थप जान्ने मौका प्रदान गर्न र सूचना प्रविधिबारे चासो राख्ने जोकोहीलाई जानकारी दिन बस्नुभएको हो । सामान बेच्न वा किन्न होइन । तपाइँले प्रयोग गरिरहनुभएको डिभाइसका फिचरहरूबारे तपाइँले सम्बन्धित स्टलमा जिज्ञासा राख्नुभयो भने सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ त्यो पनि रू. १ मै । किनभने तपाइँले प्रयोग गरेको ग्याजेटको इफिसेन्सीबारे थाहा पाउनुभयो भने त्यसबाट धेरै जहज हुन्छ । तपाइँले बोक्नुभएको डिभाइसमा धेरै फिचरहरू हुन्छन् जुन धेरैलाई थाहा भएको हुँदैन । त्यो थाहा पाउनुभयो भने ग्याजेटको प्रयोगले तपाइँका धेरै दैनिक कामकाज सहज र सुलभ समेत बन्न सक्छ ।
FACEBOOK COMMENTS