काठमाडौं, साउन २३ । बैंक अफ काठमाण्डुले गत आर्थिक वर्षमा १ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विणरण अनुसार गत वर्ष बैंकले गरेको नाफा अघिल्लो आवकोभन्दा ६१ करोड ७१ लाखले बढी हो ।
बैंकले अघिल्लो आवमा एक अर्ब ३२ करोड नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड पुगेको छ । बैंकले गएको आवमा खुद ब्याजबाट ३ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ ।
आठ अर्ब ६ करोड चुक्ता पुँजी रहेको बैंकको बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड रुपैंयाँ रहेको छ । बैंकले ग्राहकबाट ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरेर ७१ अर्ब ७३ करोड कर्जा लगानी गर्दा सिडी रेसियो ७५.८० प्रतिशत कायम गरेको छ ।
बैंकको खराब कर्जा (एनपीएल) १.५० प्रतिशत छ भने आधार ब्याजदर ९.९८ प्रतिशत छ । बैंकको ४.४० प्रतिशत स्प्रेडदर र कस्ट अफ फण्ड भने ७.२६ प्रतिशत छ । बैंकको प्रति सेयर नेटवर्थ १७३.७२ रुपैंयाँ छ ।
FACEBOOK COMMENTS