काठमाडौं, साउन २७ । सानिमा ग्रुपले काठमाडौंको धुम्बराहीमा होटल अकामा सञ्चालनमा ल्याएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखि २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य अनुरुप उक्त होटल सञ्चालनमा ल्याएको सञ्चालक समितिले जाएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको द्रीमा रहेको यो होटल दुई अर्व भन्दा बढी लगानीमा सञ्चालनमा आएको छ । काठमाडौंको रिङरोड नजिकै सञ्चालन गरिएको यो होटलबाट अन्य पर्यटकीय स्थलहरुमा पुग्न सहज हुने तथा अनियन्त्रित ट्राफिक जाममा समय विताउनु नपर्ने सानिमा ग्रुपले जनाएको छ ।
करिब पाँच हजार वर्ग क्षेत्रफलमा निर्माण भएको यो होलमा १ सय ८ ओटा कोठा रहेका छन् । उक्त कोठाहरु पाँच वटा अलग अलग डिजाइनका रहेका छन् । जसमध्य ‘सुपेरियर’ रुम ९५ वटा, ‘डिलक्स’ रुम ६ वटा, ‘डिलक्स स्विट’ ४ वटा ‘फेमिली स्विट’ २ वटा र ‘प्रेसिडेन्ट स्विट’ एक वटा जसको शुल्क फरक फरक रहेको छ ।
उक्त होटलमा स्वीमिङ, पुलबार, जिमलगायतका सेवा समेत रहेको छ । साथै होटलको नौं औं तलामा रहेको चाओबेला रेष्टुँरामा चाईनिज, इटालिएन, इन्डियन कन्टिनेन्टल लगायतका स्वाद चाख्न पाउने छन । साथै सभा सम्मेलनलगायतका लागि ५ सय जना सम्म अटने ब्यवस्थित हल समेत रहेको छ ।
उक्त होटलमा स्थानीय नेवारी र हिमाली संस्कृतिको स्वाद तथा मौलिक नेपालीको अनुभव गर्न पाउने भएको छ ।
साथै ओपनिङ अफरको रुपमा होटलको रेष्टुँराहरुमा २० प्रतिशत सम्म छुटको ब्यवस्था गरेको होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले जानकारी दिएका छन ।
नेपाल सरकारले पुर्वाधारलाई जोड दिने, विमानस्थलमा टुरिष्टमैत्री भावना जगाउने वातावरण सृजना गर्ने, भुकम्प पछि विनास भएका पर्यटकीय क्षेत्रको जतिसक्दो चाँडै निमार्ण गर्न सक्यो भने नेपाल भ्रमण वर्ष सफल हुने उनले विश्वास व्यक्त गरे ।
सानिमा ग्रूपले सन २००० मा सानिमा हाईड्रो सुरुवात गरे पछि निरन्तर सानिमा बैंक, सानिमा लाईफ ईन्स्योरेन्स हुँदै होटल सम्म आई पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS