काठमाडौँ– सरकारी स्वामित्वका संस्थान घाटामा गइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ ।
३४ अर्ब सम्म सञ्चित नोक्सानीमा पुगेको प्राधिकरणले पछिल्ला तीन वर्षमा उल्लेखनीय प्रगति गरेको हो ।
कुलमान घिसिङको कुसल व्यवस्थापनका कारण प्रधिकरण प्रगती पथमा छ । आर्थिक वर्ष २०७४÷७५ मा दुई अर्ब ९० करोड नाफा कमाएको प्राधिकरणले २०७५÷७६ मा नाफालाई १४९ प्रतिशतले वृद्धि गरी सात अर्ब २० करोड पुर्याएको छ । लेखापरीक्षण गर्दा नाफा झण्डै आठ अर्बमाथि पुग्ने देखिन्छ ।
प्रधिकरणले लामो समय पूर्णहुन नसकेको माथिल्लो त्रिशूली थ्री ए निर्माण सम्पन्न गरेको छ । यस्तै विगत १० वर्षदेखि रुग्ण भएको काबेली करिडोर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । कूल ३८ रुग्ण आयोजना आव २०७५÷७६ मा सम्पन्न भएका छन् भने १३ वटाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का गरिएको छ ।
प्राधिकरणले आव २०७५÷७६ मा सरकारको ढुकुटीमा एक अर्ब, विगतका वर्षको ब्याजसमेत १३ अर्ब १६ करोड र रोयल्टीबापत एक अर्ब ४४ करोड गरी १५ अर्ब ५९ करोड जम्मा गरेको छ ।
FACEBOOK COMMENTS