कान्तिपुर इन्जिनीयरि¨ कलेजले इन्जिनीयरि¨ र प्रविधी विषयको दोस्रो अन्तराष्ट्रिय सम्मेलन यहि २०७६ असोज ९ गते कलेज परिसर धापाखेल ललितपुरमा भव्यताका साथ सम्पन्न गरेको छ । सो मम्मेलनको उद्घाटन, कायक्रमका प्रमुख अतिथी तथा नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले गर्नु भएको थियो । कान्तिपुर इन्जिनीयरि¨ कलेजका प्रिन्सिपल ई. रामेश्वर रिजालले स्वागत भाषण गर्नु भएको थियो भने नेपाल इन्जिनीयरि¨ परिषदका उप–सभापति ई. अर्नराज सिलवाल र नेपाल इन्जिनीयस् एसोसिएसनका उप सभापति ई. आसीस घिमिरेले के.इ.सी सम्मेलनका बारेमा मन्तव्य राख्नुभएको थियो । सो उद्घाटन समारोहको अध्यक्षता कान्तिपुर इन्जिनीयरि¨ कलेजका अध्यक्ष ई. डा. ताराप्रसाद पोखरेलले गर्नु भएको थियो । डा. ताराप्रसाद पोखरेलले सो सम्मेलनमा उपस्थित हुनुभएका र सम्मेलनलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त सम्मेलनमा चालिसभन्दा बढिले आनो खोज एवं अनुसन्धान प्रस्तुत गरेका थिए । टोकियो सिटि युनिभरसिटीका डा. काजुया इटो र टोटल विजनेश सोलुसन, म्यानमारका डा.सोइ मोइ कवा विनले प्भथ ल्यतभ क्उभभअज प्रस्तुत गरेका थिए । सो सम्मेलनमा नेपाल भित्र र बाहिरका गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
सम्मेलनको समापन समारोहमा कान्तिपुर इन्जिनीयरि¨ कलेजका सहायक प्रिन्सिपल डा. केशर प्रसाईले उत्कृष्ट उबउभच हरुलाई पुरस्कृत गर्नु भएको थियो । उक्त सम्मेलन आयोजक समितिका अध्यक्ष डा. सुरेन्द्रबहादुर ताम्राकारले सबै प्रायोजक, अनुसन्धान पार्टनर र कार्यक्रममा उपस्थित सबैलाई यस कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा धन्यवाद प्रकट गर्नुभयो । कान्तिपुर सम्मेलनको प्रायोजन पिकासो कान्सलटेन्टले गरेका थिए ।
FACEBOOK COMMENTS