काठमाडौँ । राजधानी किभसहित कैयौँ युक्रेनी सहरहरूमा सोमबार भएका क्षेप्यास्त्र हमलामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका राष्ट्रिय प्रहरी स्रोतले जानकारी दिएको छ ।रुसले किभमा ठुला हमलाहरू गरेको र अधिकांश क्षेप्यास्त्र राजधानीको केन्द्रमा परेका जनाइएको छ । पाँच जनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका राष्ट्रिय प्रहरी सेवाले फेसबुकमार्फत एक विज्ञप्तिमा जानकारी दिएको छ । मस्कोले जोड्ने पुलमा विस्फोटको लागि युक्रेनलाई दोष लगाएको एक दिनपछि यस प्रकार क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ ।
देशका धेरै सहरहरूमा क्षेप्यास्त्र आक्रमणको चपेटामा रहेका र जनतालाई आश्रयमा बस्न युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले सामाजिक सञ्जालमा आह्वान गरेका छन् । किभमा रहेका एएफपी संवाददाताहरूले स्थानीय समयानुसार सोमबार बिहान ८ः१५ बजे ठुला विस्फोटहरू भएको बताएका छन् ।
एक क्षेप्यास्त्र बालबालिकाको खेल मैदाननजिकै अवतरण भएको एएफपी पत्रकार जानकारी दिएका छन् । त्यो स्थानमा रहेको ठुलो खाडलबाट धुवाँ निस्किरहेको जनाइएको छ । युक्रेनको राजधानीमा रुसी आक्रमण जारी रहेको र सहरको केन्द्रहरूमा क्षेप्यास्त्र प्रहार भएको मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा मार्फत जनाए।
FACEBOOK COMMENTS