काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ५ प्रतिशत बोनश सेयर र कर सहित ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले लभांश प्रस्ताव पारित गर्न पुस ३० गते साधारणसभा समेत बोलाएको छ ।
साधारण सभा र लाभाशंक प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS