काठमाडौँ । भक्तपुरको सूर्यविनायकमा रहेको पल्पसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार दोस्रो साधारणसभा अनौपचारिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
साधारणसभाका क्रममा सहकारीले वार्षिक प्रतिवेदन पेश गरेको थियो । समारोहमा कुल शेयर सदस्यमध्ये २८४ जना शेयर सदस्य र ४६ जना बाल बचतकर्ता गरी कुल ३३० जनाको सहभागिता थियो । कार्यक्रममा सहभागिलाई परिवहन खर्च उपलब्ध गराइएको थियो भने कार्यक्रमको समापन सहकारीका अध्यक्ष विरेन्द्र माकले गरेका थिए ।
हालसम्म सहकारीमा ५५२ जना शेयर सदस्य छन् । हाल सहकारीले दुई करोडभन्दा बढी कारोबार गर्दै आएको छ ।
FACEBOOK COMMENTS