काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार नवीकरणीय शुल्कको हिस्सा ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने प्रथम बीमा शुल्कको हिस्सा ११ अर्ब २७ रकोड ८ लाख रुपैयाँ रहेको छ ।
मंसिर महिनामा मात्रै बीमा कम्पनीहरुले १३ अर्ब ५० करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ्न् । जसमा नवीकरणीय शुल्क ११ अर्ब ३५ करोड १० लाख आर्जन गरेका छन् भने प्रथम बीमा शुल्क २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
मंसिरसम्म जारी बीमा लेखको संख्या १० लाख १ हजार १९९ रहेको छ । यो अवधिमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले १५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६२ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
FACEBOOK COMMENTS