काठमाडौं । सौन्दर्यकला व्यवसायी महासंघको १५औं साधारण सभा एवम् पाँचौ महाधिवेशन सम्पन्न भएको छ ।
चितवन नारायणघाटको होटल गंगोत्रीमा एक कार्यक्रमकाबीच उक्त महाधिवेशन सम्पन्न भएको हो । कार्यकमका प्रमुख अतिथि माननीय रमा कोइरालाले नेपालमा सौन्दर्यकलालाई पाठ्यक्रममा समावेश गरिनु निकै उपलब्धिमुलक काम भएको र सौन्दर्य पेशा अरु पेशा जत्तिकै सम्मानजनक पेशा रहेको उनले बताएकी छिन्।
सौन्दर्य पेशाले अर्थतन्त्र विकासको लागि निकै महत्वपूर्ण भुमिका खेलेको समेत कोइरालाले बताइन् । उनले सौन्दर्य पेशाका समस्याहरुलाई सरकार सामु पुर्याउने प्रतिबद्धता जनाएकि छन् ।
त्यस्तै , कार्यक्रममा बोल्दै सौन्दर्यकला व्यवसायी संघ नेपालका केन्द«ीय अध्यक्ष कमला श्रेष्ठले सौन्दर्य व्यवसायीलाई अझै मर्यादीत बनाउन आवश्यक रहेको बताएकी छन् ।
श्रेष्ठले सौन्दर्यकलालाई पाठयक्रममा समावेश गर्नुका लागि सौन्दर्य व्यवसायीले खेलेको भुमिका महत्वपुर्ण रहेको र सौन्दर्य व्यवसाय सफल हुनका लागि फरक र सकारात्मक उर्जावान क्षमताको विकास हुन आवश्यक रहेको पनि बताइन् ।श्रेष्ठले सौन्दर्य पाठ्यक्रममा विद्यार्थीहरुलाई प्रयोगात्मक परिक्षाका लागि ल्याव आवश्यक पर्ने हुँदा ल्यावको व्यवस्थापन को लागि सरकारसँग आग्रह गरेकी छन् । श्रेष्ठले बाहिरबाट आउने सौन्दर्य साम्रागीको मापदण्ड बनाउन र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न सरकारलाई ध्यानाकर्षण गराएकी छन् ।
सौन्दर्यकला व्यवसायी संघको पहलमा गत वर्षदेखि ९ देखी १२ सम्म ऐच्छीक विषयको पठनपाठन सञ्चालन गदै आएको छ । यसको लागि आवश्यक प्रयोगशालाहरु उपलब्ध गराउन श्रेष्ठले माग गरेकि छन् । सातै प्रदेशमा ५० हजार जना व्यटिसियनलाई जेन्स हेयर कटिङ्गको तालिम सञ्चालन गर्ने तयारीमा रहेको संघले कोभिड १९ले गर्दा सञ्चालन गर्न कठिनाई भएसँगै रोकिएको उक्त योजना अब कोभिडको असर कम देखिएसँगै सरकारले सात वटै प्रदेशमा त्यसको लागि २० वटा जेन्स हेयर कटिङ्ग सेन्टर उपलब्ध गराउन सरकारलाई आग्रह गरेकी छन् ।
कार्यक्रमका विशिष्ठ अतिथी उद्योग वाणिज्य महासंघका निवर्तमान बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले सौन्दर्यपाठ्यक्रमका लागि आवश्यक भनिएको सौन्दर्य प्रसादनका लागि ल्याव टेष्ट फ्रि अफ कष्ट उपलब्ध गराउने बताएका छन् । कार्यक्रममा बिशिष्ठ अतिथी, वस्तुगततर्फका उद्योग वाणिज्य महासंघका बस्तुगतकेन्द«ीय सदस्यहरु , जिल्ला उद्योग बाणिज्य संघका अध्यक्षहरु, वस्तुगत संघका अध्यक्षहरु, विभिन्न सौन्दर्य व्यवसायी संघ नेपालका सबै प्रदेशका उपाध्यक्षहरु , केन्दीय सदश्यहरु, जिल्लानगरका प्रतिनिधिहरु, साथै २०० जना भन्दा बढीको सहभागी रहेको थियो।
पुर्व उपाध्यक्ष स्वेता श्रेष्ठ ( धनगढी), सोनिया श्रेष्ठ( नेपालगञ्ज), सपना कुभर (बर्दिया) निरा योञ्जन ( ललितपुर ) निलम आले (महेन्द्रनगर) , सोनु बज्रचार्य (झापा ) र स्व ःवरिष्ठ उपाध्यक्ष शान्ता जि.सिलाई सम्मान गरेको थियो । त्यस्तै,सौन्दर्य केन्द्रले ६ वटा नगरकमिटी बनाएको पहिलोमा काठमाडौं जिल्ला दोस्रोमा मोरङ, सुनसरी जिल्लालाई सम्मान गरेको थियो। त्यसै गरी लकडाउनको समयमा पनि साधरण सभा गर्दै सदस्यता वृद्धिमा रिन्यु गर्नेमा बाँककोे नेपालगञ्जलाई पनि सम्मान गरेको थियो । सौन्दर्य क्षेत्रमा सक्रिय जिल्ला अध्यक्ष रेनु श्रेष्ठ र कास्कि जिल्लाका अध्यक्ष सोनम गुरुङ्गलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रममा कमला श्रेष्ठको अध्यक्षतामा ६ वटा प्रदेशमा निर्बिरोध ६ जना प्रदेश उपाध्यक्ष चयन भएका छन् । प्रतिज्ञा राणा (बाग्मति प्रदेश),लिला राई (प्रदेश नं १ ) , सन्तोषी श्रेष्ठ(मधेश प्रदेश) , अनिल दास(सुदुरपश्चिम प्रदेश), सर्मिला खत्रि (लुम्बिनी प्रदेश) र सोनम गुरुङ (गण्डकी प्रदेश) बाट निर्बिरोध चयन भएका हुन् ।
त्यस्तै , लक्ष्मी श्रेष्ठ,निशा शाक्य, मिना खड्का र अन्जना पराजुली सद्स्यमा निर्बिरोध चयन भएका छन् ।
FACEBOOK COMMENTS