काठमाडौं । तीन वटा जीवन बीमा कम्पनी मर्ज भएर एउटा बीमा कम्पनी बन्ने भएकाे छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बन्ने भएको छ ।
आइतबार तीन वटै कम्पनीले मर्जरका लागि संयुक्त कमिटि बनाएका छन् । तीन वटै कम्पनीको स्वाप रेसियो १ः१ः१ हुने बताइएको छ । सोही अनुसार मर्जरमा जाने तयारी भएको हो ।
नयाँ बन्ने कम्पनीले दुई महिनाभित्र एकीकृत कारोबार गर्ने तयारी रहेको बताइएको छ । अब बन्ने कम्पनीको अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल र सीईओ पनि युनियन लाइफका मनोजकुमार लाल कर्णनै हुनेछन् । यस्तै गुराँस लाइफका सीईओ र प्राइम लाइफका कामु सीईओ डेपुटी सीईओ बन्ने भएका छन् । मर्जरपछि कम्पनीको पुँजी ७ अर्ब ६९ करोड हुनेछ ।
FACEBOOK COMMENTS