काठमाण्डौँ– सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा बदमासी भएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा भएको बदमासीको सत्यतथ्य पत्तालगाई दोषीमाथि कारवाही तथा पुनःनिर्माणका लागि आवश्यक सुझाव दिन समितिलाई निर्देशन दिएको छ।
समितिमा मन्त्रालयका दुई वरिष्ठ प्राविधिक कर्मचारी र सिँचाइ विभागका दुई अधिकारी रहनेछन्। यस्तै समितिमा एक स्वतन्त्र विज्ञसमेत रहने व्यवस्था गरिएको छ ।
समितिलाई १५ दिनको समयसीमा दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए ।
आयोजनाको परीक्षण गर्दा यही साउन ७ गते नहर भत्किएको थियो।
यसअघि पनि २०७३ असार १४ गते परीक्षणका क्रममा सोही खण्ड भत्केको थियो।
पटक–पटक नहरमा आउने समस्या र यसको समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको मन्त्री पुनको भनाइ छ।
– नागरीक
FACEBOOK COMMENTS