काठमाडौँ । कामना सेवा विकास बैंकले कस्टमर्श डेका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता गरेको हो ।
कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने उद्देश्यले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिकलाई कस्टमर्श डेका रुपमा मनाउँदै आएको छ ।
सोही अवसरमा मिति माघ २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण गर्नछ । उक्त कार्यक्रम कोहोलपुर नगरपालिका वडा नं. ११, नेपालगञ्जस्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा आयोजना हुनेछ ।
FACEBOOK COMMENTS