काठमाडौं । मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ ।
गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो ।
सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका छन् । सङ्गीत रचना गायक थापा आफैँले गरेका छन् ।
‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो ।
पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन् ।
FACEBOOK COMMENTS